नेप्सेमा ७६ अंकको गिरावट, उपसमूहका सबै सूचक रातो – Nepal Press

नेप्सेमा ७६ अंकको गिरावट, उपसमूहका सबै सूचक रातो

काठमाडौं । नेप्से परिसूचक आज ७६.६५ अंकले घट्दै २८१२.३९ विन्दुमा पुगेको छ ।

१ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर किनबेचमा ९ अर्ब ३ करोड ३९ लाख ६२३ बराबरको कारोबार भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडको सीमा तोकेपछि सेयर बजार प्रभावित बनिरहेको छ ।

लगानीकर्ता राष्ट्र बैंकको नीतिका विरुद्ध नेप्सेको कार्यलयमा आजबाट आमरण अनसनमा बसेका छन् । नेप्सेमा उच्च अंकको गिरावट आए पनि कारोबार रकम भने हिजोको भन्दा दोब्बरले बढेको छ ।

आज अरुण कावेली हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ३८ करोड बराबरको कारोबार भयो । फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ४.९४ प्रतिशतले गुमाउन पुगेका छन् भने हाइड्रोपावरकाले पनि ४ प्रतिशतले गुमाए । आज उप समूहका सबै सूचक रातो लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *