सेयर धितोकर्जा सीमा हटाउन माग गर्दै लगानीकर्ताले थाले आमरण अनसन – Nepal Press

सेयर धितोकर्जा सीमा हटाउन माग गर्दै लगानीकर्ताले थाले आमरण अनसन

काठमाडौं । सेयर धितोकर्जामा राष्ट्र बैंकले लगाएको लगामको विरोधमा लगानीकर्ताले दोस्रो चरणको आन्दोलन थालेका छन् ।

लगानीकर्ता पूँजीबजार सुधार संघर्ष समितिको आव्हानमा नेपाल स्टक एक्सचेञ्जको कार्यालयअघि केही बेरअघिबाट आमरण अनसन थालिएको हो । अहिले आदित्य शिवाकोटी अनसनमा बसेका छन् ।

संघर्रष समितिका संयोजक रोहन कार्कीले  राष्ट्र बैंकका पदाधिकारीसँग आइतबार र सोमबार वार्तामा बसे पनि कुनै निष्कर्ष ननिस्केको जानकारी दिए ।

संघर्ष समितिले सोमबार १८ बुँदे मागसहित राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई ज्ञापन पत्र बुझाएको थियो ।

भदौ २३ देखि एक साता दैनिक दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा रिले अनसनमा बसिरहेका लगानीकर्ता आफूहरूको माग सम्बोधन गर्न राष्ट्र बैंकले अटेर गरेको भन्दै थप आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्र बैंकको पुँजी बजारसम्बन्धी नयाँ नीतिले सेयर बजार निरन्तरजसो प्रभावित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर