सीपीएलको उपाधि सेन्ट किट्स एन्ड नेभिसलाई: ड्राकेसको उत्कृष्ट ब्याटिङ – Nepal Press

सीपीएलको उपाधि सेन्ट किट्स एन्ड नेभिसलाई: ड्राकेसको उत्कृष्ट ब्याटिङ

काठमाडौंं । सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ को उपाधि जितेको छ ।

बुधबार राति वार्नर पार्क क्रिकेट रंगशालामा भएको फाइनलमा सेन्ट लुसिया किङ्सलाई ३ विकेटले पराजित गर्दे प्याट्रिओट्सले पहिलो पटक सीपीएलको उपाधि जितेको हो ।

टस जितेर व्याटिङ् रोजेको लुसिया किङ्सले प्याट्रिओट्सललाई १ सय ६० रनको लक्ष्य दिएको थियो । प्याट्रिओट्सले डोमिनिक ड्राकेसको उत्कृष्ट ब्याटिङमा १ सय ६० रन पूरा गर्दै खेलको अन्तिम बलमा नाटकीय जित हासिल गर्‍यो ।

प्याट्रिओट्सको जितमा ड्राकेसले २४ बलमा ४८ रन बनाएका थिए । त्यस्तै, एभिन लेविस ६, जोसुवा सिल्भा ३७, शेरफान रुदरफर्ड २५, ड्वेन ब्राभो ८, फाबिएन एलिन २०, सेलडोन कोट्रेल ५ र नासिम शाहले १ रन जोडे ।

सेन्ट लुसिया किङ्सका लागि राहकिम क्रोनवाल र रोस्टन चेजले सर्वाधिक ४३÷४३ रन बनाएका थिए । त्यस्तै, किमो पलले ३९ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

सेन्ट लुसियाका रोस्टन चेज प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *