इन्टर्नसिप नगराउनुको जवाफ खोज्दै चीनमा डाक्टर पढेर आएकाहरू (तस्बिरहरू) – Nepal Press

इन्टर्नसिप नगराउनुको जवाफ खोज्दै चीनमा डाक्टर पढेर आएकाहरू (तस्बिरहरू)

काठमाडौं । चीनमा डाक्टर पढेर आएकाहरू लामो समयसम्म इन्टर्नसिप गर्न नपाएको विरोधमा राजधानीमा प्रदर्शन गरेका छन् ।

सात वर्षअघि (सन् २०१४) मा एमबीबीएस कोर्स पूरा गरेको भए पनि चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप नगराएको उनीहरूको गुनासो छ । माइतीघरमा भेला भएका उनीहरूले आफूहरूको इन्टर्नसिपमा भएको ढिलाइबारे जवाफ मागेका छन् ।

उनीहरूले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ बारे पनि ध्यानाकर्षण गराएका छन् ।

 
 
 

तस्बिरहरू : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर