बेलायती विदेशमन्त्रीमा ट्रस नियुक्त, काबुल घटनामा असफल भएपछि राब हटाइए – Nepal Press

बेलायती विदेशमन्त्रीमा ट्रस नियुक्त, काबुल घटनामा असफल भएपछि राब हटाइए

लन्डन । काबुल घटनामा बिदा बसेको भन्दै आलोचित बेलायती विदेशमन्त्री डोमिनिक राब पदबाट हट्नुपरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आज गरेको मन्त्रिपरिषद् पुनर्गठनमा राबलाई उपप्रधानमन्त्रीसहित कानूनमन्त्री बनाइएको छ ।

राबको ठाउँमा बेलायती विदेशमन्त्रीको जिम्मा अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिस ट्रसलाई बनाइएको छ । ट्रस बेलायती इतिहासमै विदेशमन्त्री बन्ने दोस्रो महिला बनेकी छिन् ।

तालिबानले काबुल कब्जामा लिने प्रकरणमा बिदा बसेर बेलायती विदेश नीतिलाई असफल तुल्याएको आरोप राबमाथि लागेको छ । साथै, बेलायती सेनाले काबुलबाट नागरिकको उद्दार गर्नपनि अमेरिकाको सहयोग लिनुपरेको थियो ।

नवनियुक्त विदेशमन्त्री ट्रसले ब्रेक्जिटपछि केही मुलुकसँग राम्रो व्यापार सम्झौता गरेको भन्दै उनको प्रशंसा हुने गरेको छ । मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई पनि हटाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर