साढे ३८ लाख नगदसहित २ जना हुण्डी कारोबारी पक्राउ – Nepal Press

साढे ३८ लाख नगदसहित २ जना हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । अवैध वित्तीय कारोबार (हुण्डी)मा संलग्न दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ४५ वर्षीय कन्हैया प्रसाद सोनार र बाराको परवानीपुर गाउँपालिका ३ का २० वर्षीय दिपक कुमार सर्राफ छन् ।

वीरगञ्ज महानगरपालिका-६ माइस्थान चोकस्थित केपी ज्वेलर्सबाट दुबै जनालाई ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ज्वेलर्स रहेको घर कन्हैया प्रसाद सोनारको हाे । घर भाडामा लिएर ज्वेलर्स सञ्चालन गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले बुधवार नै छापा मारेर स्रोत नखुलेको सो रुपैयाँसहित उनी दुबै जनालाई पक्राउ गरेको थियो ।

उनी दुबै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर