च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिडको जित, पीएसजी बराबरीमा रोकियो – Nepal Press

च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिडको जित, पीएसजी बराबरीमा रोकियो

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा इंग्लयाण्डको लिभरपुलले इटलीको एसी मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । स्पेनको रियल मड्रिडले इटलीको इन्टर मिलानलाई १-० गोलअन्तरले हराउँदा मेस्सीप्रेरित फ्रान्सको पीएसजी भने जर्मनीको क्लब ब्रगसँग १-१ गोलको बराबरीमा रोकियो ।

एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाह र हेन्डरसनले १-१ गोल गरे भने १ गोल उपहार पायो । यता एसी मिलानका लागि रेबीक र ब्रहिम डियाजले १-१ गोल गरे ।

खेलको नवौं मिनेटमै लिभरपुलले उपहार गोलमा अग्रता बनायो । मिलानका फिकायो तोमोरीले गोल आत्मघाती गोल गरेका थिए । तर त्यसपछि एसी मिलानले खेलमा दुई गोल गर्दै टिमलाई खेलमा २-१ ले अगाडि राखेको थियो । रेविक र डियाजले पहिलो हाफको अन्त्यतिर गोल गरेका थिए ।

लिभरपुलले दोस्रो हाफमा दुई गोल थप्दै खेलमा तीन दुईको अग्रता बनायो । ४८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए । ६९ औं मिनेटमा हेन्डरसनले गोल गरेपछि लिभरपुलले खेल जित्यो ।

अर्को खेलमा स्टार खेलाडीले भरिएको पीएसजी टिम क्लब ब्रुगसँग एक एक गोलको बराबरीमा रोकियो । खेलको १५ औं मिनेटमा एन्डेल हरेराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर २७ औं मिनेटमा हानाकेनले गोल गरेपछि खेल १-१ गोलको बराबरीमा पुर्‍याए ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र पीएसजीले अंक बाढ्यो ।

समुह डी अन्तर्गत भएको खेलमा रियलले इन्टर मिलानलाई १-० ले हरायो । रियलले कठिन जित निकाल्ने क्रममा रोद्रिगोले एकमात्र गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८९ औं मिनेटमा रोद्रिगोले गोल गरेपछि रियलले तीन अंक मुस्किलले हासिल गर्‍याे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *