संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाउन महन्थ ठाकुरको सर्कुलर – Nepal Press

संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाउन महन्थ ठाकुरको सर्कुलर

जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसको दिन असोज ३ गते ‘ब्ल्याक आउट’ गर्न सर्कुलर जारी गरिएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले असोज ३ लाई ‘कालो दिन’ को रुपमा मनाउन सबै जिल्ला समितिलाई सर्कुलर गरेका हुन् । अपूर्ण संविधानमा संशोधन गरी आफ्ना मुद्दाहरु सम्वोधनार्थ असोज ३ गते विरोधका कार्यक्रमहरु गर्न उनले जिल्ला संयोजकहरुलाई निर्देशन दिएका छन् ।

‘संविधानमा आफ्ना असहमति राखी हामीले संघर्षहरु गर्दै आएका छौं । त्यस दौरान कयौं वीर सपुतहरुले सहादत प्राप्त गरेको इतिहास कसैबाट लुकेको छैन,’ सर्कुलरमा उनले लेखेका छन्, ‘यस वर्ष पनि असोज ३ गते आ-आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरुमा कोभिड- १९ लाई मध्यनगर गरी आफूलाई अनुकल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचारगाष्ठी, व्याक आउट जस्ता कार्यक्रमहरु गरी कालो दिवस मनाउन सबै जिल्लाहरुलाई आग्रह गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर