ज्योति लाइफले सार्वजनिक गर्‍यो ‘च्याटबट’, सबै जानकारी एकै ठाउँमा – Nepal Press

ज्योति लाइफले सार्वजनिक गर्‍यो ‘च्याटबट’, सबै जानकारी एकै ठाउँमा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ज्योति च्याटबट सेवा सञ्चालनमा ल्याएको छ ।

ज्योति लाईफका विभिन्न सम्वन्धी जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालित रूपमा प्राप्त गर्न सकिने ज्योतिलाइफले कम्पनीले जानकारी गराएको छ ।

च्याटबटमा कम्पनीका विभिन्न सेवाहरूको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ ।

साथै कम्पनीका विभिन्न सेवाहरू- बीमित र अभिकर्ता सम्बन्धी जानकारी, कम्पनीको बीमा योजना सम्बन्धी जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, अनलाइन भुक्तानी, डाउनलोडहरू तथा अन्य सेवा उपलब्ध छन् ।

यसैगरी कम्पनीले आगामी दिनहरूमा उक्त च्याटबटमा थप सुबिधाहरू राख्दै सो सेवाहरूलाई अझ परिष्कृत बनाउने कुरा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर