असोज १ गतेदेखि देशभरका फिल्म हल खुल्ने, कोभिड प्रोटोकल पालना गर्दै खुलाउन प्रशासनहरुको अनुमति – Nepal Press

असोज १ गतेदेखि देशभरका फिल्म हल खुल्ने, कोभिड प्रोटोकल पालना गर्दै खुलाउन प्रशासनहरुको अनुमति

काठमाडौं । मोफसलका ठूला फिल्म बजारहरु पोखरा, बिराटनगर, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, बुटवल र हेटौंडाका फिल्म हलहरु असोज १ गतेदेखि खुल्ने भएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै कास्की, मोरङ, पर्सा, चितवन, बाँके, मकवानपुर र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोभिड-१९ प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए ।

गतसाता नै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले पनि ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन अनुमति दिइसकेका छन् । तर, मोफसलमा भने ५० प्रतिशत अकुपेन्सी भनिएको छैन ।

असोज १ गतेदेखि नै मुलुकभरका सबैजसो विद्यालय पनि खुल्दै छन् । आज बसेको स्वास्थ्य मन्त्रालयको बैठकले संक्रमणको आधारमा मात्र विद्यालय र फिल्म हल खुलाउन डीसीसीएमसीलाई भनेको छ ।

असोज १ गतेदेखि फिल्म हल खुल्ने भएपछि फिल्मको लाइनअप तयार पार्न चलचित्र संघ र चलचित्र निर्माता संघको बैठक आज बस्दैछ । बैठकले दशैं र तिहारको लाइनअप तयार पार्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *