प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री र राज्यमन्त्री ? – Nepal Press

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री र राज्यमन्त्री ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । साँझ ५ बजे नयाँ मन्त्रीहरूको सपथग्रहण हुन लागेको बताइएको छ ।

एमाले स्रोतका अनुसार संखुवासभाबाट निर्वाचित प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपाने र झापाका हिराकुमार थापालाई मन्त्री बनाउने तयारी छ ।

त्यस्तै मोरङका ज्ञानेश्वर राजवंशी,उदयपुरकी अम्बिका थापा,सोलुखुम्बुका उत्तम बस्नेत, मोरङका लिलाबल्लभ अधिकारीलगायतलाई राज्यमन्त्री बनाउनेबारे छलफल भएको र केहीको नाम टुंगो लाग्दैछ ।

यसैबीच प्रदेशसभाको अधिवेशन असोज २२ मा बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर