महिला एसियन कप छनोटका लागि महिला टोली उज्बेकिस्तान पुग्यो – Nepal Press

महिला एसियन कप छनोटका लागि महिला टोली उज्बेकिस्तान पुग्यो

ताश्केन्त । महिला एसियन कप- २०२२ को छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको ताश्केन्त पुगेको छ । सोमबार राति ११ बजे काठमाडौँबाट ताश्केन्ततर्फ प्रस्थान गरेको ३३ सदस्य टोली स्थानीय समय अनुसार १४ सेप्टेम्बरको मध्यरातमा ताश्केन्त विमानस्थल आइपुगेको हो।

ताश्केन्त पुगे लगत्तै टोलीको पीसीआरकालागि स्वावको नमुना सकलन गरिएको छ। पीसीआरको रिपोर्ट नाउञ्जेल, टोली होटेल क्वारेन्टिनमै रहने छ ।

‘खेलाडीहरूले लामो यात्रा तय गरेर आएका छन्, त्यसैले विश्राम जरुरी छ’ मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन्, ‘क्वारेन्टिन अवधिमा टोलीले पूर्ण रूपमा विश्राम लिनेछ ।’

नेपालले सेप्टेम्बर १८ (शनिबार)मा फिलिपिन्स र २१ मा हङ-कङसँग खेल्ने छ । समूह विजेता टोली सन् २०२२ मा हुने महिला एसियन कप- २०२२ मा छनोट हुनेछ ।

नेपाली टोलीकी महत्त्वपूर्ण खेलाडी- सावित्रा भण्डारी चोटका कारण अहिले उपचारका लागि कतारमा छिन् । नेपाली सर्वकालिन सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्रा बिना नेपालको टोलीले छनोट खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर