जनमत पार्टी केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक जारी – Nepal Press

जनमत पार्टी केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक जारी

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको विस्तारित बैठक शुरू भएको छ ।

जनकपुरधामस्थित न्यू चन्दन होटलमा केन्द्रीय सचिवालय समितिको बैठक शुरू भएको पार्टीका उपमहासचिव ई. ईन्द्रजीत यादवले जानकारी दिए ।

भोलिसम्म चल्ने बैठकमा संगठन विस्तार र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकमा निर्वाचित केन्द्रीय समितिका पदाधिकारी, मोर्चाका प्रमुखहरू, जिल्ला समन्वय समितिका पदाधिकारीसहित २ जना जनाको सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर