लुम्बिनी फुटसल क्लबलाई अल्फा बिटा थिटाको मुख्य प्रायोजन – Nepal Press

लुम्बिनी फुटसल क्लबलाई अल्फा बिटा थिटाको मुख्य प्रायोजन

काठमाडौं । सोमबारदेखि पोखरामा सुरु हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्ने तयारीमा रहेको लुम्बिनी फुटसल प्रालीलाई अल्फा बिटा थिटाले मुख्य प्रायोजन गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै लुम्बिनीले काठमाडौंमै रहेर तयारी पूरा गरिसकेकोसमेत जानकारी दिएको छ ।

सात वर्षअघि लुम्बिनी प्रदेशकै पहिलो फुटसलको रूपमा स्थापित लुम्बिनीलाई अमेरिका बेस्ड आइटी कम्पनी अल्फा बिटा थिटाले मुख्य प्रायोजन गर्ने भएको हो ।

‘नेपालमा व्यावसायिक बन्दै गइरहेको फुटसल खेलको उत्थानका लागि लुम्बिनी फुटसल प्रालीले गरेको प्रयासको सराहना गरी अल्फा बिटा थिटाले मुख्य प्रायोजकको रूपमा नगद ४ लाख रूपैयाँ सहयोग गरेको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौतापछि लुम्बिनी फुटसल क्लबले आफ्नो जर्सीमा अल्फा बिटा थिटाको लोगो राख्ने छ ।’

यस्तै, खेल पोशाक उत्पादक कम्पनी लिनिङसँग पनि लुम्बिनीले प्रायोजकको रूपमा सम्झौता गरेको जानकार दिएको छ । नेपालमा ब्याडमिन्टन, फुटबललगायतका खेलमा प्रायोजना गर्दै आएको लिनिङको नेपाली आधिकारिक बिक्रेता चाइना ट्रेडलिङ्क प्रालीले लुम्बिनीका लागि जर्सी सेट र पोलो टि–शर्ट गरी करिब २ लाख बराबरको खेल सामग्री उपलब्ध गराएको जानकारी दिएको छ ।

यस्तै, लुम्बिनीलाई ज्ञानी पोलिट्याङ्कस एन्ड पाइप कम्पनीले पनि १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *