एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु – Nepal Press

एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली । कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका-५ मा म. १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने एम्बुलेन्सका चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत गरेका थिए । वार्ता र संवादको माध्यमबाट माग पूरा गराउने सहमति पछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *