‘ए’ डिभिजन फुटसल लिगलाई भारतीय कप्तान सुनिलको शुभकामना – Nepal Press

‘ए’ डिभिजन फुटसल लिगलाई भारतीय कप्तान सुनिलको शुभकामना

काठमाडौं । आगमी सोमबारदेखि पोखरामा सुरु हुने ‘ए’ डिभिजन फुटसल लिगको सफलताका लागि भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले शुभकामना दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि हुने प्रतियोागिता पोखरामा हुनेछ ।

‘नयाँ फुटसल प्रतियोगिताका लागि नेपाल फुटबल संघलाई धेरै शुभकामना छ, म र मेरो सम्पूर्ण टोलीको तर्फबाट,’ भिडियो सन्देप पठाउँदै सुनिलले भनेका छन्, ‘आशा गर्छु यसमा सहभागी हुने सबैले आनन्द लिनुहुनेछ । यो पनि आशा गर्छु, सबै जना सुरक्षित रहनु हुनेछ ।’

नेपालका भान्जासमेत रहेका सुनिलले नेपाली भाषामै शुभकामना दिँदै भनेका छन्, ‘म विश्वस्त छु यो तपाईहरू सबैका लागि एउटा उत्कृष्ट यात्राको सुरुआत हो । इन्जोए गर्नुहोस्, राम्ररी खेल्नु होस् । हेर्ने मान्छेले पनि राम्ररी हेरेर इन्जोए गर्नुहोस् । सुरक्षित रहनुहोस् ।’

पोखरामा हुने प्रतियोगितामा ६ प्रदेशबाट १० टोलीले सहभागिता जनाउँदैछन् । अक्टोबर ८ सम्म (२० दिनसम्म) चल्ने प्रतियोगिताको विजेता टोलीले १० लाख रूपैयाँ तथा उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजार रूपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर