च्याम्पियन्स लिगमा बायर्नसँग निरिह बार्सिलोना, युभेन्टस र चेल्सीले आ-आफ्नो खेल जिते – Nepal Press

च्याम्पियन्स लिगमा बायर्नसँग निरिह बार्सिलोना, युभेन्टस र चेल्सीले आ-आफ्नो खेल जिते

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा जर्मन महारथी बार्यन म्युनिखले स्पेनिस महारथी टोली बार्सिलोनालाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्यनको जितका लागि थोमस मुलरले एक तथा रोबर्ट लेवान्दोस्कीले दुई गोल गरे । लियोनल मेस्सीको बहिर्गमनपछि बार्सिलोनोल पहिलोपल्ट च्याम्पियन्स लिग खेलेको हो ।

युरोपका दुई पावरहाउसबीचको भिडन्तमा बार्यनले सहज विजयी भयो । ३४ औं मिनेटमा थोमस मुलरले लेरोय सानेको पासमा गोल गरी अग्रत दिलाएका थिए । दोस्रो हाफमा लेवाण्डोस्कीले दुई गोल गरे । उनले ५६ औं र ८५ औं मिनेटमा गोल गरेका हुन् ।

समूह ई बाट बायर्नले ३ अंक जोडेको छ ।

यहि समुहको अन्य खेलमा बेनफिाले डाइनामो कियभसँग गोलरहित बराबरी खेल्यो । यस्तै अर्को खेलमा भिल्ला रियलले एटलान्टासँग दुई दुई गोलको बराबरी खेल्यो ।
समूह एच अन्तर्गत साविक विजेता इंग्लिस टोली चेल्सीले स्वीस टोली जेनितमाथि १–० गोलको कठिन जित निकाल्यो । चेल्सीका लागि उच्च लयमा रहेका रोमेलु लुकाकुले गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६९ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

अर्को खेलमा इटलीको युभेन्टसले स्वीडेनको माल्मोलाई ३–०ले हरायो । युभेन्टसको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले एक एक गोल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *