एन्सेलोटीदेखि जिदानसम्म: सर्वाधिक च्याम्पियन्स लिग जित्ने प्रशिक्षक को हुन् ? (सूची) – Nepal Press

एन्सेलोटीदेखि जिदानसम्म: सर्वाधिक च्याम्पियन्स लिग जित्ने प्रशिक्षक को हुन् ? (सूची)

काठमाडौं । च्याम्पियन्स लिगलाई युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता मानिन्छ । सन् १९९२ मा च्याम्पियन्स लिग नै नामाकरण भएर हरेक सिजन आयोजना हुँदै आएको छ । त्यसअघि सन् १९५५ देखि १९९१ सम्म युरोपियन कपका नामले यो प्रतियोगिता परिचित थियो ।

प्रतियोगिताको अहिलेसम्मको इतिहास हेर्दा सर्वाधिक सफल क्लब स्पेनिस हेभिवेट रियाल मड्रिड हो । रियालले हालसम्म सर्वाधिक १३ पटक च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ ।

त्यस्तै, सात पटकको च्याम्पियन एसी मिलान दोस्रो सफल क्लब हो । लिभरपुल र बायर्न म्युनिखले भने यो उपाधि ६÷६ पटक जितिसकेका छन् । गत सिजनको फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै उपाधि उचालेको चेल्सी अहिलेको च्याम्पियन हो ।

च्याम्पियन्स लिगको इतिहासमा हालसम्म तीन प्रशिक्षकले मात्रै यो उपाधि तीन पटक जितेका छन् । लिजेन्डरी प्रशिक्षक बब पेइस्लेले लिभरपुल क्लबलाई सन् १९७७, १९७८ र १९८१ मा च्याम्पियन बनाएका थिए ।

त्यस्तै इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले मिलानबाट सन् २००३ र २००७ मा दुई पटक र २०१४ मा एक पटक गरी तीन पटक उपाधि उचालेका छन् । एन्सेलोटीका सहायक प्रशिक्षक रहेका जिनेदिन जिदानले पनि रियाल मड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग च्याम्पियन बनाएका थिए । लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने जिदान एकमात्र प्रशिक्षक हुन् ।

उनले सन् २०१६ देखि २०१८ सम्म लगातार रियाललाई च्याम्पियन बनाएका थिए । एन्सेलोटी र जिदानबाहेक च्याम्पियन्स लिग एक पटकभन्दा धेरै जितेर सक्रिय प्रशिक्षक पेप ग्वार्डिओला र जोसे माउरिन्हो मात्रै हुन् । ग्वार्डिओलाले बार्सिलानोबाट सन् २००९ र २०११ मा दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । यस्तै माउरिन्होले एफसी पोर्टोबाट सन् २००४ मा र इन्टर मिलानबाट सन् २०१० मा च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।

प्रशिक्षक उपाधि वर्ष क्लब
बब पेन्स्ले 1977,78,81 लिभरपुल
कार्लो एन्सेलोटी २००३,०७,१४ एसी मिलान, रियाल मड्रिड
जिनेदिन जिदान २०१६, १७, १८ रियाल मड्रिड
जोसे भिलालोङ्गा १९५६, ५७ रियाल मड्रिड
लुइस कार्निग्लिया १९५८,५९ रियाल मड्रिड
बेला गुट्मन १९६१, ६२ बेन्फिका
हेलेनियो हरेरा १९६४, ६५ इन्टर मिलान
मिग्वेल मुनोज १९६०, ६६ रियाल मड्रिड
नेरियो रोक्को १९६३, ६९ एसी मिलान
स्टेफन कोभाक्स १९७२, ७३ आयाक्स
डेट्मार क्रामर १९७५, ७६ बायर्न म्युनिख
ब्रियान क्लग १९७९, ८० नोटिङ्घम फरेस्ट
अर्नेस्ट ह्याप्पेल १९७०, १९७३ फेयेनोर्ड, ह्यामबर्गर एसभी
अर्रिगो साची १९८९, ९० एसी मिलान
ओट्मार हिट्जफेल्ड १९९७, २००१ बोरुसिया डर्टमन्ड, बायर्न म्युनिख
भिसेन्ट डेल बोस्क २०००, २००२ रियाल मड्रिड
सर एलेक्स फर्ग्युसन १९९८, २००८ म्यानचेस्टर युनाइटेड
जोसे माउरिन्हो २००४, १० एफसी पोर्टो, इन्टर मिलान
पेप ग्वार्डिओला २००९, २०११ बार्सिलोना
जप हेन्केस १९९८, २०१३ रियाल मड्रिड, बायर्न म्युनिख
goal.com बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर