प्रभु क्यापिटलको बालबालिका केन्द्रित लगानी योजना – Nepal Press

प्रभु क्यापिटलको बालबालिका केन्द्रित लगानी योजना

काठमाडौं । प्रभु क्यापिटलले बालबालिकालक्षित ‘प्रभु लिटिल च्याम्प’ योजना को शुरूआत गरेको छ । बाल दिवसको अवसर पारेर १६ वर्षसम्मका बालबालिकाको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहनेका लागि यो सेवा ल्याइएको क्यापिटलले जनाएको छ ।

यस योजनामा जोडिने १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने बताइएको छ । महिला लगानीकर्तालाई लक्षित गरेर तिजको अवसरमा प्रभु ऐश्वर्य पीएमएस योजना शुरू गरिएको थियो । यस योजना अन्तर्गत न्यूनतम लगानी अवधि ५ वर्ष, हर्डल रेट ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल् (एएमसी) २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत, लक इन अवधि ५ वर्ष, लक इन अवधिअगावै योजना बन्द शुल्क ३ प्रतिशत, नाफा वितरण न्यूनतम लगानी अवधि पश्चात, गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गरिने बताइएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल मुलुक भर सञ्चालनमा रहेको शाखाबाट यो योजनामा सहभागी हुन सकिनेछ । यसरी सहभागी भएका सेवाग्राहीहरूले आफ्नो लगानी व्यवस्थापनबारे अनलाइन सुविधाबाटै जानकारी लिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *