सुदूरपश्चिममा नेकपा एसको दल नेतामा सोडारी चयन – Nepal Press

सुदूरपश्चिममा नेकपा एसको दल नेतामा सोडारी चयन

कैलाली । नेकपा एकीकृत समाजवादीको दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । सोडारी भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।

दलको बैठकले सर्वसम्मत रुपमा सोडारीलाई दलको नेताको रुपमा चयन गरेको प्रदेश सभा सदस्य दुर्गा विकले जानकारी दिइन् । बैठकले संसदीय दलको विधान समेत पारित गरेको उनले बताइन् । १४ सांसद सहित नेकपा एस प्रदेशको सबै भन्दा ठूलो दल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर