काठमाडौंबाटै भिसा उपलब्ध गराउन बेलायती दूतावासलाई आग्रह – Nepal Press

काठमाडौंबाटै भिसा उपलब्ध गराउन बेलायती दूतावासलाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई नेपालबाटै भिसा उपलब्ध गराउन बेलायती दूतावासलाई आग्रह गरेका छन् ।

दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै ढकालले सो आग्रह गरेका हुन् ।

काठमाडौंबाट भिसा जारी नहुँदा नेपाल र बेलायतको आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उनको भनाई छ । यहीँबाटै भिसा प्राप्त हुनसके आर्थिक कारोबारमा गुणात्मक सुधार हुने उनको भनाई छ ।

दुई मुलुकबीच ऐतिहासिक सम्बन्ध रहेपनि आर्थिक सम्बन्धमा अपेक्षाकृत सुधार हुन नसकेको उनको भनाई छ । नेपालको वैदेशिक व्यापारमा निकासीको हिस्सा १.७ प्रतिशत मात्र रहेको उनले जनाए ।

बेलायतले अहिले दिल्ली दूतावासबाट मात्र भिसा प्रदान गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर