ओडीआईमा आशिफको पहिलो अर्धशतक! – Nepal Press

ओडीआईमा आशिफको पहिलो अर्धशतक!

काठमाडौं । विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि युवा ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।

वैशाखमा नेपालमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट ओपनरको भूमिका निर्बाह गर्दै पहिलो पकट एकदिवसीय टोलीमा परेका आशिफले ओडीआईमा करिअरको पहिलो अर्धशतक बनाएका हुन् । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि ओपनिङमा आएका आशिफले ६२ बलमा ५ चौकासहित ५० रन पूरा गरेका हुन् ।

मंगलबार भएको अमेरिकाविरुद्धको खेलमा कुशल भुर्तेलसँग ६६ रनको साझेदारी गर्दै आशिफ २३ रन बनाएर पेभेलियन फर्केका थिए । तर, ओमानविरुद्ध अहिले जारी खेलमा ओपनर जोडी कुशललाई खाता नखोल्दै गुमाएका आशिफले कप्तान ज्ञानेन्द्र मल्लसँग ५८ र रोहित पौडेलसँग ३० रनको साझेदारी गर्दै अर्धशतक पूरा गरे ।

अहिले १९.३ ओभरको खेल सकिँदा नेपाल ८८/२ को अवस्थामा छ । नेपालका लागि आशिफ ५२ र रोहित १२ रन बनाएर खेलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *