उपेन्द्र यादव भन्छन्- दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुन्न – Nepal Press

उपेन्द्र यादव भन्छन्- दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुन्न

२० प्रतिशतले पार्टी फुटाउने अध्यादेश कायम राख्दा दलहरू टुक्रिन्छन्

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् ।

सिन्धुलीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेशले अस्थिरता ल्याउने भन्दै पहिले यसलाई खारेज वा निष्क्रिय बनाएरमात्र सरकार विस्तार हुने प्रष्ट पारे ।

यादवले भने, ‘तत्काल केही गर्नु परेका कारण अध्यादेश ल्याइएको हो । त्यसलाई खारेज नगर्दा दलहरु टुक्रिरहने र लोकतन्त्रनै खतरामा पर्ने भएकाले यसलाई खारेज गरेपछिमात्र मन्त्रिपरिषद विस्तार हुन्छ ।’

सरकारले अध्यादेश संसदमा पेस गरिसकेको छ । सोही अध्यादेशका आधारमा एमाले र जसपा विभाजित भएका छन् । अब जसपा विभाजनका लागि अहिलेको अध्यादेश कायमै रहदा ४ जना सांसदले विद्रोह गरे पुग्छ ।

मन्त्री बन्न नपाउनेहरुले फेरि पार्टी फुटाउने त्रास यादवलाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर