प्रधानमन्त्रीबाट हटेपछि गृहजिल्ला पुग्दा यस्तो देखियो ओली क्रेज (तस्बिरहरू) – Nepal Press

प्रधानमन्त्रीबाट हटेपछि गृहजिल्ला पुग्दा यस्तो देखियो ओली क्रेज (तस्बिरहरू)

विर्तामोड । प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक गृहजिल्ला आइपुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफन्त, सर्वसाधारण, पार्टी कार्यकर्ता र वृद्धवृद्धाहरूले पछ्याउन छाडेनन् ।

ओलीको गृहनगर दमक हो तर एमालेको जिल्ला कार्यकर्ता भेला विर्तामोडमा थियो । ओलीलाई भेट्नका लागि १०२ वर्षकी वृद्धा कौशिला सिलवालदेखि बालबालिकासमेत विर्तामोड पुगेका थिए ।

कतिपय आफन्त र वृद्धवृद्धालाई ओलीले ढोगेको दृष्य पनि देखियो । समय अभावका कारण मन्चमै उनले आफन्त र वृद्धवृद्धासँग कुराकानी गरेका थिए । ओली प्रधानमन्त्री हुँदा भन्दा बढी क्रेज यसपटक देखिएको उनका प्रमुख स्वकीय सचिवसमेत रहिसकेका एमाले नता ईन्द्र भण्डारीले बताए ।

ओलीसँग भेट्न चाहने बुढाबुढीको व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई समस्या परेको थियो ।

झापा क्रान्तिका अगुवा केपी ओलीले मंगलबार आफ्नो सम्बोधनमा नामै लिएर झापाली आफ्ना सहयोद्दाहरूलाई सम्झिएका थिए । ओली २०४८ सालदेखि पहिलो संविधानसभाबाहेक लगातार झापाबाटै निर्वाचित भइरहेका छन् ।

ओलीको लागि यसपटक झापा आगमन यसकारण पनि सुखद रह्यो कि, पार्टी विभाजनमा समेत झापाका अगुवा नेता कार्यकर्ता कोही पनि माधव नेपालसँग गएनन् ।

नेपालनिकटका प्रभावशाली नेता तथा सांसदहरू नरेश खरेल, पवित्रा निरौला खरेल, रविन कोइराला, चन्द्रा श्रेष्ठलगायत एमालेमै रहेपछि झापामा नेकपा एसको उपस्थिति देखिएको छैन ।

ओलीले २०७४ सालको संविधानसभा निर्वाचनमा देशभरमै सबैभन्दा बढी मत प्राप्त गरेका थिए ।

तस्बिरहरू : राजन काफ्ले ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीबाट हटेपछि गृहजिल्ला पुग्दा यस्तो देखियो ओली क्रेज (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर