सायद ४ गते बजेट पास होला, अहिले बजेट सञ्चालनमा बाधा पर्दैन : लक्ष्मणलाल कर्ण(भिडिओ) – Nepal Press

सायद ४ गते बजेट पास होला, अहिले बजेट सञ्चालनमा बाधा पर्दैन : लक्ष्मणलाल कर्ण(भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले असोज ४ गतेसम्म बजेट सञ्चालन गर्नमा पनि कुनै बाधा नपर्ने टिप्पणी पनि गरे । उनले भने, ‘यो अध्यादेशबाट आएको कारणले प्रतिस्थापन विधेयक पेश भइसकेको छ । प्रतिस्थापन विधेयक पेश भइसकेको कारणले त्यो ६० दिनमा अन्त्य हुँदैन । र बजेट यहाँबाट पास हुन्छ भने मलाई लाग्छ ४ गते राखेको छ भैहाल्छ । बजेट सञ्चालन गर्न बाधा पर्दैन ।’

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सोमप्रसाद पाण्डेले किसानहरुलाई मलको समस्या पर्न थालेकाले सरकारले तुरुन्त मलको व्यवस्थापन गर्नुपर्ने बताए ।

मन्त्रालयमा मन्त्री नभएको भन्ने बहानामा मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराए । हाल अन्तर्राष्ट्रिय बजारमा मलको अभाव नभएको भएपनि नेपालमा व्यवस्थापनको कमजोरीको कारण मलको अभाव हुन पुगेको उनको भनाइ छ ।

उनले भने भने, ‘मलको निम्ति, कृषि अनुदानको निम्ति सरकारले पैसा यलोकेट गर्न र तत्काल व्यवस्था गर्न कुनै कमी गर्दै गर्दैन । यसमा सम्बन्धित निकायको बढी ध्यान पुग्नुप¥यो । अहिले मन्त्री छैन भनेर मन्त्रीलाई देखाएर अथवा सरकारमा बजेट छैन भनेर भन्न पाइदैन । त्यसको निम्ति व्यवस्थापकीय पक्षले तयारी गर्नुपर्छ र मल समयमै ल्याउनुपर्छ ।’

नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले मन्त्रीमण्डल विस्तार पछि सरकारले मलको समस्या र उखु किसानको समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल कृषि प्रधान देश भनिएपनि राज्यले कहिलेपनि कृषिको समस्या समाधान गर्ने नीति, कार्यक्रम ल्याउन नसकेका कारण किसानहरु मारमा पर्ने गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर