परराष्ट्रले हस्तक्षेप गरेपनि चुनाव तोकिएकै मितिमा हुन्छ : एनआरएन अध्यक्ष पन्त – Nepal Press

परराष्ट्रले हस्तक्षेप गरेपनि चुनाव तोकिएकै मितिमा हुन्छ : एनआरएन अध्यक्ष पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुमार पन्तले तोकिएकै मितिमा संघको चुनाब हुने बताएका छन् । परराष्ट्र मन्त्रालयले निर्वाचनको प्रक्रिया स्थगित गर्न निर्देशन दिएको केही दिनमा अध्यक्ष पन्तको यस्तो भनाई आएको हो ।

‘अमूक राजनीतिक पार्टीको स्वार्थ पूर्तिको लागि गरिएको दबाब संघलाई मान्य हुनेछैन’ उनले भने, ‘एनआरएनले विधि, विधान र प्रक्रिया उल्लंघन गरेको छैन र गर्न सक्दैन पनि ।’

परराष्ट्रले अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी सबै प्रक्रिया स्थगित गर्न निर्देशन दिएपछि निर्धारित मितिमै संघको चुनाव हुनेमा अन्यौलता कायम छ ।

भदौ २५ गते लेखिएको पत्रमा गठित अनुगमन समितिले प्रतिवेदन पेश नगरेसम्म निर्वाचन प्रक्रियालाई रोक्न भनिएको छ । परराष्ट्रले खोजेको जवाफ दिने र विधानअनुसार गरिएको प्रक्रियाबारे जवाफ दिने तर, चुनाव नरोक्ने पन्तको भनाई छ ।

उनको भनाई छ, ‘हामीले नै छानविन गरिसकेका छैनौं । त्यो भन्दा पहिले नै अनियमितत भएको कुरा परराष्ट्रलाई कसरी थाहा हुन्छ ?’ एनआरएनए मन्त्रालयमा दर्ता भएको स्वायत्त संस्था भएकाले नेतृत्वसँग बुझेर मात्र कदम चाल्न उनले सुझाए । उनले यसलाई अनुचित राजनीतिक हस्तक्षेप भएको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर