ओमानविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने – Nepal Press

ओमानविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने

काठमाडौं । विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार ४ः १५ बजे शुरू हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

सोमबारदेखि शुरू भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध ५ विकेटको शानदार जित हासिल गरेको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेल र रोहित पौडेले महत्त्वपूर्ण अर्धशतकीय इनिङ खेलेका थिए । निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर अमेरिकाले २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

दोस्रो इनिङमा २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । शृंखलाको उत्कृष्ट सुरुआत गरेको नेपाल आजको खेलमा पनि जित हासिल गर्दै अपराजित यात्रा कायम राख्न चाहन्छ ।

नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर