महेश बस्नेतले भनेः अब प्रचण्डले रुने मान्छे पनि पाउनेछैनन् (भिडियो) – Nepal Press

महेश बस्नेतले भनेः अब प्रचण्डले रुने मान्छे पनि पाउनेछैनन् (भिडियो)

रुपन्देही । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्नि प्रसाद सापकोटाले पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको गोटी बनेको आरोप लगाएका छन् ।

सभामुख सापकोटा प्रतिनिधि सभाका सदस्यहरुको, प्रतिनिधि सभाको मुख बन्नुपथ्र्यो तर प्रचण्ड र नेपालको गोटी बन्नुभयो, उताबाट जे जस्तो निर्देशन आउँछ त्यहीमात्र अगाडि बढाउनेलाई कसरी सभामुख मान्ने– बस्नेतले भने ।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमीटीले सोमबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले यही अवस्थामा एमालेले प्रतिनिधि सभा चल्न नदिने बताएका हुन् ।

बस्नेतले नेकपा माओवादी अध्यक्ष प्रचण्ड एक्लिदै गएको बताए । पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डका अभिव्यक्ति आफू एक्लिएको बताउँदै हिंड्न थालेका छन्, त्यो वास्तविक हो । प्रचण्डले जीवनको अन्तिम क्षणमा पुग्दा रुने मान्छे पनि नपाउने अवस्थामा पुगेका छन् । बस्नेतले भने, ‘यो हामीले होइन प्रचण्ड आफैले एक्लिएको महशुस गरिसकेका छन् ।’

एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले रुपन्देहीमा एमाले विभाजनको कुनै असर नपरेको बताए । केही साथीहरु भूलबस अन्यत्र गएको भएपनि एमाले हिजोको भन्दा बलियो अवस्थामा छ, उहाँहरु गएकोभन्दा धेरै प्रतिशत नेकपा एकताको समयमा माओवादीबाट आउनुभएका साथीहरु हुनुहुन्छ, उनले भने । उनले रुपन्देहीमा एमाले अझै सशक्त र बलियो भएको दावी गरे ।


प्रतिक्रिया

One thought on “महेश बस्नेतले भनेः अब प्रचण्डले रुने मान्छे पनि पाउनेछैनन् (भिडियो)

  1. बिचाराहरूको राजनैतिक स्तर । एमाले राष्ट्रिय समस्या हो ओली राष्ट्रिय रोग

Leave a Reply to Panthi Hari Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर