माधव नेपालले भने- एमाले जस्तो प्रतिपक्ष र ओली जस्तो विपक्षी नेता हुनु हाम्रो दुर्भाग्य – Nepal Press

माधव नेपालले भने- एमाले जस्तो प्रतिपक्ष र ओली जस्तो विपक्षी नेता हुनु हाम्रो दुर्भाग्य

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष हुनु दुर्भाग्यपूर्ण भनेका छन् । सभामुख अग्नि सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा नेपालले आफूहरु र सभामुखप्रति लक्षित एमालेका अभिव्यक्ति र संसदमा भएका नाराबाजी आपत्तिजनक रहेको बताए ।

नेपालले भने, ‘प्रमुख प्रतिपक्षले संसदमा प्रयोग गरेका शब्दहरुले सभ्यताको सीमा नाघेका छन् । प्रमुख प्रतिपक्षका नेता केपी ओलीसँग अरुको मानमर्दन गर्ने बाहेक कुनै संस्कार नै छैन । यस्तो प्रतिपक्ष हुन हाम्रो लागि दुर्भाग्य हो ।’

ओलीले संसद नै नचाहेको भन्दै नेपालले संसद पनि चलाउने र संवाद पनि जारी राख्ने ढंगले जान सभामुखलाई सुझाव दिएका छन् ।


प्रतिक्रिया

4 thoughts on “माधव नेपालले भने- एमाले जस्तो प्रतिपक्ष र ओली जस्तो विपक्षी नेता हुनु हाम्रो दुर्भाग्य

  1. अाफु ले गरेको ब्यबहर लायि पनि मुल्यांकन गर्ने काेशिस गर्नुपराे कमरेड ,अाफ्ना झाेलेहरुलाइ जागिर ख्वाउन नपाएर पार्टी नै फुटाउने तपाईं कतिसम्म काे बैमान हाे भनेर नेपाली जनता ले चिनिसकेका छन ।

  2. तपाईं जस्तोलाई हामीले नेता भन्नुपर्दा लाजसरम ले हाम्रो शिर निउरिएको छ।

  3. तपाईं जस्तोलाई हामीले नेता भन्नुपर्दा लाजसरम ले हाम्रो शिर निउरिएको छ।

Leave a Reply to bharat kumar thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर