१० हजार कागजपत्रविहीन नेपालीलाई अस्थायी बसोबासको अवधि थप्ने अमेरिकी घोषणा – Nepal Press

१० हजार कागजपत्रविहीन नेपालीलाई अस्थायी बसोबासको अवधि थप्ने अमेरिकी घोषणा

२०२२ को डिसेम्बर ३१ सम्म म्याद कायम

रोयटर्स । अमेरिकाले कागजपत्रविहीन नेपालीहरुलाई बस्ने अस्थायी भिसा (टीपीएस)को म्याद थप्ने घोषणा गरेको छ । नेपालसहित हाइटी, साल्भाडोर, होन्डुरस, निकारागुवा र सुडानका ३ लाख आश्रितलाई बस्ने अस्थायी अवधि थपिएको हो ।

१५ महीना टीपीएस म्याद थपिएपछि कागजपत्रबिहीन नेपालीलाई राहत मिलेको छ । नेपालीका टीपीएसको कागजातको अवधि अक्टोबर ४ सम्म कायम रहेकोमा अब सन् २०२२ को डिसेम्बर ३१ सम्म थपिएको छ ।

हजारौं नेपालीले आर्थिक विपद, भूकम्प र महामारीको कारण आफूहरु नेपाल फर्कन नसक्ने दावी गर्दै टीपीएसमा आवेदन दिएका छन् । केही अमेरिकी सांसदले समेत गतसाता नेपालीहरुको टीपीएसको म्याद थप्न राष्ट्रपति बाइडेनलाई आग्रह गरेका थिए ।

१० हजारभन्दा बढी नेपाली अहिले टीपीएस अन्तर्गत अमेरिकामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर