क्रान्तिकारी उपाध्यक्ष दिपेश पुनको दावी- आउने चुनावमा कांग्रेस हाफ, एमाले पत्तासाफ – Nepal Press

क्रान्तिकारी उपाध्यक्ष दिपेश पुनको दावी- आउने चुनावमा कांग्रेस हाफ, एमाले पत्तासाफ

दाङ । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले आगामी चुनावमा कांग्रेसलाई हाफ र नेकपा एमालेलाई पत्तासाफ पार्ने गरी आफूहरु अघि बढ्ने दावी गरेका छन् ।

संगठनको दाङको २२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले अब माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने बताए । आउने चुनावमा मोर्चाबन्दी गरेर जाने अवस्था रहेको भन्दै उनले नेपालको परिवर्तन सबै माओवादीको एजेण्डामा भएको र चलेको तर राज्य सत्ता चलाउने विभिन्न ठाउँमा हिजोको परिवर्तनका एजेण्डाविरोधी बसेको उल्लेख गरे ।

सम्मेलनमा बोल्दै उनले नेपालको संविधानमा मौलिकहकको रूपमा लेखिएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि सशक्त संघर्षको आवश्यकता रहेको औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर