युएईद्वारा नेपालमाथिको यात्रा प्रतिबन्ध खुला, पूर्ण मात्रा खोप लगाएकालाई अनुमति दिइने – Nepal Press

युएईद्वारा नेपालमाथिको यात्रा प्रतिबन्ध खुला, पूर्ण मात्रा खोप लगाएकालाई अनुमति दिइने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई लगाएको यात्रा प्रतिबन्ध आजदेखि खुला गरेको छ । रोयटर्सका अनुसार १५ मुलुकलाई लगाइएको यात्रा प्रतिबन्धमा खुला गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएका कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका नेपाली नागरिकले युएई प्रवेश पाउनेछन् । यसअघि कोरोनाको डेल्टा प्रजाति फैलिएको बताउँदै नेपाल लगायतका मुलुकलाई रोक लगाइएको थियो ।

महामारीको कारण रोकिएको दुबईको अन्तर्राष्ट्रिय प्रदर्शनी मेला अक्टोबर १ देखि सुुरु हुँदैछ । उक्त मेलालाई मध्यनजर गर्दै यात्रामा खुला गरिएको युएईको विदेश मन्त्रालयले जनाएको छ ।

अधिकारीहरुले मेला अगाडि लगाइएको यात्रा प्रतिबन्ध खुलाउने बताउँदै आएका थिए । खुला गरिएका मुलुकहरुमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, युगान्डा, सियरालियोन, दक्षिण अफ्रिका, नाइजेरिया र अफगानिस्तान छन् ।

तर, पीसीआर परीक्षणको प्रमाणपत्र भने देखाउनुपर्नेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर