राष्ट्रियसभामा पनि एमालेले माग्यो सभामुखको राजीनामा – Nepal Press

राष्ट्रियसभामा पनि एमालेले माग्यो सभामुखको राजीनामा

काठमाडौं । आजको राष्ट्रियसभा बैठकमा एमालेका सांसदले सभामुख अग्नि सापकोटाको राजीनामा मागेका छन् । एमालेकी सांसद कोमल वलीले सभामुख अग्नि सापकोटाले राजीनामा नदिइ बैठक सुचारु गर्न नदिने अडान राखिन् ।

उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको जिकिर गरिन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक-२०७८ पारित गरेको छ ।

एमाले सांसदको अवरोधका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अर्को बैठक भदौ ३० बिहान ११ बजे आव्हान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर