अस्पतालको सम्पत्तिमा निर्देशकको मनोमानी, परिसरभित्रै बनाए बा–आमाको सम्झनामा मन्दिर – Nepal Press

अस्पतालको सम्पत्तिमा निर्देशकको मनोमानी, परिसरभित्रै बनाए बा–आमाको सम्झनामा मन्दिर

सुर्खेत । कर्णालीको प्रदेश अस्पताल परिसरमा अस्पतालका निर्देशक डा. डम्बर खड्काले आफ्ना बा–आमाको नाममा मन्दिर बनाएको विषय निकै विवादित भएकाे छ । पदीय हैसियत दुरुपयोग गरी अस्पतालको जग्गा दुरुपयोग गरेको भन्दै निर्देशक खड्काको आलोचना भएको हो ।

खड्काले अस्पताल परिसरमा बा–आमाको नाममा राधाकृष्ण मन्दिर बनाएका हुन् ।

निर्देशकले अस्पताल परिसरमा मन्दिर बनाएकोप्रति कर्मचारीले पनि आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काका भाइ खड्काले कृष्ण जन्माष्टमीको अवसर पारेर अस्पताल परिसरमा बनाएको मन्दिर उद्घाटन गराएका थिए ।

मन्दिरमा राखिएको मूर्तीको तल लेखिएको छ– वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ निवासी पूजनीय बुवा स्वर्गीय प्रेमबहादुर खड्का तथा ममतामयी माता स्वर्गीय मायादेवी खड्का ज्यूको सम्झनामा खड्का परिवारद्वारा निर्मित श्री राधाकृष्ण मन्दिर ।

‘सरकारी जमिन, सरकारी अस्पतालमा यसरी निर्देशक भएकै भरमा मनपरी गर्न हुँदैन’, वीरेन्द्रनगर ४ का कमल खनालले भने, ‘अस्पताल प्रशासनको यो मनोमानीको चरमोत्कर्ष हो ।’

वीरेन्द्रनगरका नवराज आचार्यले भने, ‘अस्पताललाई निजी जसरी प्रयोग गर्नु गलत हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर