वैदेशिक रोजगार पत्रकार समाजको १२ औँ साधारण सभा सम्पन्न – Nepal Press

वैदेशिक रोजगार पत्रकार समाजको १२ औँ साधारण सभा सम्पन्न

भट्टराइको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको १२ औँ साधारण सभा तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न समाजको अध्यक्षमा यस अघि समाजका बरिष्ठ उपाध्यक्ष रहेका उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन् । आगामी २ वर्षका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको निर्वाचन मण्डलका संयोजक मदनकुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्विरोध चयन भएका छन् । यस्तै सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन् ।

समाजको सल्लाहकारमा मदनकुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् । १२ औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सवको अवसरमा समाजले प्रकाशन गरेको स्मारिका ‘श्रम तथा आप्रवासन’समेत विमोचन गरिएको छ ।

बैदेशिक रोजगार पत्रकार समाज श्रम तथा वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउने संचारकर्मीको साझा संस्था हो । १३ वर्षदेखि क्रियाशिल यस संस्थाले श्रम तथा सुरक्षित आप्रवाशनको क्षेत्रमा रहेका सूचना तथा जानकारी प्रकाशन तथा संप्रेशण गरिरहेको छ । यस क्षेत्रमा क्रियाशिल संचारमर्कीको क्षमता अभिबृद्धिका लागि समेत विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

समाजले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सचेतनामुलक कार्यक्रम, अध्ययन अनुसन्धान तथा स्थलगत अध्ययन भ्रमण पनि गर्दैआएको हो । समाजले विगतदेखि नै श्रम तथा सुरक्षित आप्रवाशनको क्षेत्रका नीति निर्माणदेखि त्यसको कार्यन्वयन पक्षमा सरोकारित निकायसँग छलफल, अन्र्तक्रिया, तथा कार्यशाला गोष्ठी आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *