माधवलाई साथमा राखेर प्रचण्डको प्रस्ताव- फुटेर लछारपाटो लागेन, फेरि एक ठाउँमा आउँ (भिडियो) – Nepal Press

माधवलाई साथमा राखेर प्रचण्डको प्रस्ताव- फुटेर लछारपाटो लागेन, फेरि एक ठाउँमा आउँ (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ औं शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसका लागि प्रयास पनि भइरहेको बताए । ‘२१ औं शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ,’ उनले भने, ‘यसको प्रयास पनि भइरहेको छ ।’

विभाजित भएर केही पनि नहुने भन्दै प्रचण्डले फेरि एकै ठाउँमा आएर हेर्नुपर्नेमा जोड दिए । ‘एक चरण विभाजित भएर हेरियो,’ नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्यक्रममा उनले भने, ‘त्यसरी लछारपाटो केही पनि लाग्नेवाला छैन । त्यसकरण फेरि एक ठाउँमा आएर हेरम् ।’


प्रतिक्रिया

2 thoughts on “माधवलाई साथमा राखेर प्रचण्डको प्रस्ताव- फुटेर लछारपाटो लागेन, फेरि एक ठाउँमा आउँ (भिडियो)

  1. बेतुकको कुरा गरेर नथाक्ने अराजनीतिक संस्कार र व्यवहार सच्च्याउने हिम्मत छ प्रचण्डसॅग ? जसले आफुलाई आगोसॅग तुलना गर्ने गर्दछन् ! यस्ता व्यक्ति कहिल्यै राज नेता हुन सक्दैन ! के को समाजवादको गफ फिट्ने ?

  2. एमालेलाई सिङ्गै निलौला भन्ठानेको माकुने नामको चोइटो मात्रमा भए पनि चित्त बुझाउनु पर्ने भयो । योजना त ठूलै बनाएको, के गर्नु ओली भिलेन भइदिए !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर