प्रदेश २ : मास्क नलगाइ कार्यालयमा आए सेवा नदिइने – Nepal Press

प्रदेश २ : मास्क नलगाइ कार्यालयमा आए सेवा नदिइने

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना माहामारी विरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालनमा ल्याउने भएको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आज सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । अब यस प्रदेशमा मास्क प्रयोग नगर्ने सेवाग्राहीले सरकारी सेवा पाउने छैनन् ।

कोरोना संक्रमितहरुको संख्या घट्न थालेसँगै सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेपछि ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सरकारले मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन विभिन्न अभियानहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर