नेकपा एस रोज्न खोजेका दुई सांसदलाई भदौ २९ सम्म कुनै कारवाही नगर्न अदालतको आदेश – Nepal Press

नेकपा एस रोज्न खोजेका दुई सांसदलाई भदौ २९ सम्म कुनै कारवाही नगर्न अदालतको आदेश

काठमाडौं । नेकपा एमालेबाट नेकपा एसको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका दुई सांसदको हकमा तत्काल कुनै कारवाही नगर्न आदेश जारी भएको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उनीहरुमाथि कुनै कारवाही नगर्न आदेश दिएको हो ।

एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर