विष्णु पौडेलले भने- १४ सय सडकसहित तराइ मधेशको विकास बजेट कटौती भयो, सशक्त प्रतिवाद गरौं – Nepal Press

विष्णु पौडेलले भने- १४ सय सडकसहित तराइ मधेशको विकास बजेट कटौती भयो, सशक्त प्रतिवाद गरौं

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रतिस्थापन विधेयकमार्फत सरकारले सडक र भौतिक पूर्वाधारका बजेट कटौती गरेको भन्दै सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

संसदीय दलको आइतबारको बैठकमा सांसदहरूलाई विधेयकबारे जानकारी दिँदै पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सरकारको उद्देश्य नै विकास आयोजना खारेज गर्ने र बजेट कटौती गरेर कार्यकर्ता पोस्ने देखिएकाले विरोध गर्नुपर्ने बताए ।

पौडेलले भने, ‘हामीले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती भएका छन् । १४ सय वटा सडक आयोजना कटौती भएका छन् । अधिकांश बजेट कटौती गरिएका सडक तराई-मधेसका छन् । हामीले यसको प्रतिवाद गर्नुपर्छ ।’

सांसदहरूलाई लामो सम्बोधन गर्दै पौडेलले सरकार अघिल्लो एमाले सरकारले ल्याएको जनप्रिय बजेट अश्वीकार गर्न पनि नसक्ने र त्यत्तिकै स्वीकार गर्न पनि नसक्ने द्विविधा देखिएको विश्लेषण गरे ।

उनले दूषित मनसायले साधारण खर्चमा कटौती गरिएको भन्दै सामान्य आकार घटाएर ल्याएका यो बजेट कुनै प्रणालीबाट नल्याइएको बताए । सम्बन्धित विभाग र मन्त्रालयबाट माग नभएका आयोजना समेत बजेटमा हालिएको र पूर्वाधार विकासप्रति पूर्वाग्रही रहेको पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर