शिक्षकको तलव रोकिनुमा आफ्नो संग्लग्नता नरहेको ठूलीभेरीका प्रशासकीय अधिकृतको प्रष्टोक्ति


सुर्खेत । सरुवा भइ जाने शिक्षकसँग विद्यालयका लागि भन्दै एक महिनाको तलव छाड्ने सहमतिका लागि बाध्य पारिएको आरोप लागेका डोल्पा ठूलीभेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत डिलप्रसाद रोकायले आरोप अस्वीकार गरेका छन् ।
नगरपालिकाको तर्फबाट वक्तव्य जारी गरी शिक्षकको तलव रोक्ने कामका लागि प्रमुख प्रशासकीय अधिकृतको मिलेमतो भन्ने समाचार आधारहीन रहेको बताए ।
तर, नेपाल प्रेसकर्मी शेरबहादुर थापासँगको टेलिफोन कुराकानीमा भने नगरपालिकाको काडातालीस्थित देवी आधारभूत विद्यालयका शिक्षक प्रेमप्रसाद आचार्य दैलेखको भैरवी गाउँपालिकामा सरुवा हुन लागेको समयमा एक महिनाको तलव विद्यालयको हितका लागि छाडिदिन आफ्नो रहोबरमा सहमति गरेको चने स्वीकार गरेका छन् ।
वक्तव्यमा देवी आधारभूत विद्यालयमा अहिले शिक्षकका रुपमा प्रधानअध्यापक चन्द्रबहादुर बुढा एक्लै रहेका कारण शिक्षकलाई तलव वितरण गर्न जुफालस्थित बैंकमा आउनुपर्ने भएकाले ढिला भएको बुझिएको उल्लेख छ ।
याे पनि पढ्नुस्