१८ वर्षे इम्माले तोडिन बेलायतको ४४ वर्ष लामो प्रतीक्षा – Nepal Press

१८ वर्षे इम्माले तोडिन बेलायतको ४४ वर्ष लामो प्रतीक्षा

एजेन्सी । बेलायतको ४४ वर्ष लामो प्रतीक्षा तोड्दै किशोरी खेलाडी इम्मा राडुकानुले वर्षको चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको उपाधि जितेकी छन् । गएराति सम्पन्न फाइनलमा उनले क्यानडाकी लेलाह फर्नान्डेजलाई २-० को सहज सेटमा पराजित गरिन् ।

न्युयोर्कमा भएको २४ हजार दर्शकमाझ ब्रिटिस नम्बर एक इमाले फर्नान्डेजलाई छ चार र छ तीनको सोझो सेटमा हराइन । मानसिक र शारिरिक रुपमा पनि फर्नान्डेज भन्दा बलियो देखिएकी इमाले पहिलो सेट छ चारले जितिन भने दोस्रो सेटमा छ तीनले आफ्नो पक्षमा पारिन ।

इमाले बेलायतका लागि ४४ वर्षपछि यूएस ओपनको उपाधि जितेकी हुन । यसअघि सन् १९७७ मा भर्जिनिया वाडेले यूएस ओपनको उपाधि जितेकी थिइन् । इम्माले छनोट चरण पार गरेर प्रतियोगिता खेलेकी थिइन् । छनोटबाट आएकै वर्ष प्रतियागिता जित्ने उनी पहिलो खेलाडी बनिन् । त्यतिमात्र होइन, छनोटदेखि फाइनल प्रतियोगितासम्म एउटा सेट पनि नहार्ने कीर्तिमानसमेत उनले बनाइन् ।

यस संस्करणको युएस ओपन फाइनलमा दुवै वरीयताविहीन खेलाडी फाइनलमा पुगेका थिए । सेरेना विलियम्स र मार्टिना हिंगिजपछि किशोरी खेलाडीले उपाधि जितेको यो पहिलोपल्ट हो ।

इम्मा पनि क्यानडाको टोरन्टोमा जन्मिएकी हुन् । रोमानियाली बुबा र चिनियाँ आमाबाट जन्मिएकी उनी २ वर्षको हुँदा परिवारसहित बेलायत सरेका थिए । ५ वर्षको उमेरदेखि उनले टेनिस खेल्न सुरु गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *