संयमित र मर्यादित रूपमा प्रस्तुत हुन सांसदलाई एमालेको निर्देशन (भिडिओ) – Nepal Press

संयमित र मर्यादित रूपमा प्रस्तुत हुन सांसदलाई एमालेको निर्देशन (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा सभामुखको भूमिकाकोविरुद्ध जारी विरोधलाई संयमित र मर्यादित ढंगले अघि बढाउन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले सांसदहरूको भूमिकामाथि समिक्षा गर्दै एमालेको मर्यादित र शिष्ठ राजनीतक संस्कार तथा नीतिभित्र रहेर सांसदले भूमिका खेल्ने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

भट्टराईले सांसदको भूमिकाका बारेमा थप छलफल र निर्देशन दिनका लागि आइतवार १२ बजे संसदीय दलको बैठक बोलाइएको समेत जानकारी दिए ।

भट्टराईले सभामुखको भूमिका एमाले विभाजनमा निर्णायक रहेको र सत्तापक्षको सहयोगीका रूपमा देखिएकाले आफूहरू विरोधमा उत्रिएकोसमेत बताए ।

एमालेले बजेट प्रतिस्थापन विधेयकले एमालेको सरकारले ल्याएका लोकप्रिय कार्यक्रम हटाएको र सडकहरूका निर्माणका लागि विनियोजित बजेट कटाएको भन्दै विरोध जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर