एमालेको विधान महाधिवेशन सर्‍यो- असोज १५ देखि १७ सम्म हुने – Nepal Press

एमालेको विधान महाधिवेशन सर्‍यो- असोज १५ देखि १७ सम्म हुने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो ।

अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

विधान महाधिवेशनका लागि प्रतिवेदन तयार पार्ने,विधान मस्यौदा टुंगो लगाउने लगायतका विषयमा छलफल गर्न असोज ३ गते स्थायी कमिटी बैठक बोलाइएको छ । त्यस्तै असोज ८ गते केन्द्रीय कमिटी बैठक बस्ने भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर