केही जिल्लाबाहेक एमालेमा १० बुँदे कार्यन्वयन भइसक्यो: योगेश भट्टराई (भिडिओ) – Nepal Press

केही जिल्लाबाहेक एमालेमा १० बुँदे कार्यन्वयन भइसक्यो: योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव तथा १० बुँदे सहमति कार्यन्वयनमा सक्रिय नेता योगेश भट्टराईले अधिकांश जिल्ला र प्रदेशमा १० बुँदे लागू भइसकेको बताएका छन् ।

स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले १० बुँदे सहमतिका आधारमा अधिकांश ठाउँमा बैठकहरु बसिसकेको जानकारी र केही ठाउँमा बाँकी रहेको जानकारी दिए ।

उनले भने- वागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा १० बुँदे कार्यन्वयन भइसकेको छ । प्रदेश १ का केही जिल्ला र सुदूरपश्चिममा केही मिलाउन बाँकी छ । जनसंगठनहरुमा पनि मिल्छ । १० बुँदेलाई कसैले इन्कार गरेको छैन त्यसैले यो समस्या होइन ।

अध्यक्ष केपी ओली पक्षले १० बुँदे कार्यन्वयन गर्न नमानेको भन्ने चर्चा चलिरहेका बेला भट्टराईले प्राय: ठाउँमा सोही सहमति अनुसार बैठक र पार्टी कमिटीहरु परिचालन भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर