इटहरी नेकपा एसका उपाध्यक्षले गरे पद अस्वीकार, विभाजनको पक्षमा नलाग्ने भनाइ


इटहरी । एक हप्ता अगाडि निर्माण भएको इटहरी उपमहानगरपालिकाको नेकपा एसका उपाध्यक्ष दीपक गौतमले पद अस्वीकार गरेका छन ।
एमाले–माओवादी एकतापछि बनेको नेकपाको इटहरी वडा नम्बर ४ का अध्यक्ष रहेका गौतमलाई नेकपा एस इटहरीका नेता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव विस्टकाे प्रस्तावमा उपाध्यक्ष ताेकिएकाे थियाे । गौतमले भने पार्टी विभाजनको पक्षमा नलाग्ने भन्दै उपाध्यक्ष पद स्वीकार्य नभएको विज्ञप्ति जारी गरेका छन् ।
उनले विज्ञप्तिमा लेखेका छन्– विगतदेखि नै नेकपा एमालेमा आवद्ध भइ आएको सबैमा अवगतै छ । केही दिन अघिदेखि उत्पन्न पार्टीभित्रको राजनीतिक घटनाक्रमले निस्ठा र इमानदार कार्यकर्ताहरुको भावनाविपरीत पार्टी गुट–फुट हुँदै विभाजनसम्म पुगेकाले म कुनै पनि विभाजनमा नलाग्ने जानकारी गराउँछु ।
इटहरीमा एमालेबाट निर्वाचित मेयर र उपमेयरसहित ६१ जना जनप्रतिनिधिमा दुई जनप्रतिनिधिले मात्रै नेकपा एस रोजेका छन् । नेकपा एस रोज्नेहरुमा मनोनित कार्यपालिका सदस्य गौरीमान परियार र वडा २ का सदस्य सन्तोष राइ छन् ।