निजी आवास अनुदान वितरणको काम आगामी मंसिर मसान्तसम्म हुने – Nepal Press
प्रतिस्थापन विधेयक

निजी आवास अनुदान वितरणको काम आगामी मंसिर मसान्तसम्म हुने

काठमाडौं । २०७२ को भूकम्पबाट प्रभावित निजी आवास निर्माणका लागि अनुदान वितरणको काम मंसिर मसान्तसम्म हुने भएको छ । सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन् ।

प्रतिस्थापन विधेयकको बुदाँ नम्बर ५० मा भनिएको छ, ‘भुकम्पपछिको पुनर्निर्माणको चरणमा बाँकी रहेका निजी आवास अनुदान वितरणको कार्य २०७८ मंसीरभित्र सम्पन्न गरिनेछ। भुकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित बाँकी रहेका कार्य विषयगत मन्त्रालयमा हस्तान्तरण गरी सम्पन्‍न गरिनेछ।’

केहि दिन अघि प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले सरकारलाई निजी आवास निर्माणका लागि अनुदान वितरणको काम मंसिर मसान्तसम्म गर्नका लागि सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर