सरकारले अघि सार्‍यो ‘महिला पहिला कार्यक्रम’ – Nepal Press

सरकारले अघि सार्‍यो ‘महिला पहिला कार्यक्रम’

काठमाडौं । सरकारले महिलाको सशक्तिकरण र विकासका लागि प्रत्येक वडामा महिला नेतृत्व संयन्त्र बनाउने भएको छ । बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले महिलाको क्षमता अभिवृद्धि गर्न महिला पहिला कार्यक्रम’को घोषणा गरे ।

अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेट प्रस्तुत गर्दै आर्थिक र सामाजिकरूपले सक्षम तुल्याउन महिललाई प्राथमिकता दिने गरी सो कार्यक्रम ल्याइएको बताए ।

विपन्न, दलितहरूको आर्थिक, सामाजिक, साँस्कृतिक समस्याहरूको सम्बोधन गरी जीवनस्तर उकास्न एकीकृत कार्यक्रमहरू सञ्चालन गर्ने समेत अर्थमन्त्रीले जानकारी गराए । संविधानले प्रत्याभूत गरेको आवासको हकलाई कार्यान्वयन गर्न आवासविहीन दलितको लागि सबै प्रदेशमा व्यवस्थित आवास योजना विस्तार गर्दै रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम अघि सारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर