नारायणहिटीलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय संग्रहालय बनाइने – Nepal Press

नारायणहिटीलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय संग्रहालय बनाइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयकमा नारायणहिटी दरबार संग्रहालयलाई धार्मिक र पर्यटन संग्रहालय बनाइने बताएका छन् ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकका सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहाकिक शासकीय संग्रहालयको निर्माण गरिने अर्थमन्त्री शर्माले बताए ।

यस संग्रहालयमा योगमायादेखि हालसम्मका शहीद, नेपालको ऐतिहासिक जनआन्दोलन एवं जनयुद्ध र मधेस आन्दोलनलगायतमा त्याग र नेतृत्व गर्ने अग्रज राजनीतिज्ञहरूको इतिहास समेट्ने गरी संग्रहालय निर्माण गर्न बजेट विनियोजन गरेको शर्माले जानकारी दिए ।

यो संग्रहालयमा नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरी धार्मिक पर्यटन प्रवर्द्वन गर्ने धार्मिक संग्रहालय स्थापना गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर