नेपालको तेस्रो विकेट पतन, १०० रन पूरा – Nepal Press

नेपालको तेस्रो विकेट पतन, १०० रन पूरा

काठमाडौं । पपुवा न्युगिनीविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट झरेको छ । पहिलो पटक डे-नाइट ओडीआई खेलिरहेको नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा १० रन नपुग्दै नेपालले दुवै ओपनरलाई गुमाएको थियो । ओपनरद्वय आशिफ शेख ६ बलमा तीन तथा कुशल भुर्तेल १० बलमा तीन रन बनाएर पेभेलियन फर्केका थिए । त्यसपछि केही बेर इनिङ सम्हालेका रोहित पौडेलसँग र कप्तान ज्ञानेन्द्रले ८९ रनको साझेदारी गर्दै ७० बलमा ४५ रन बनाएर पेभेलेयन फर्के ।

तीन चौका र दुई छक्का प्रहार गरेका ज्ञानेन्द्र चाड सोपरको बलमा एलबी डब्लु आउट भएका हुन् ।

आशिफ तेस्रो ओभरको पहिलो बलमा पिएनजीका कौना भागीको बलम सेसे बाउको हातबाट क्याच आउट भएका थिए । त्यसको केही बेरमै अर्का ओपनर कुशल भुर्तेल नोर्मन भानुवाको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

अहिले नेपालका लागि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र रोहित पौडेल क्रिजमा छन् । २४.४ ओभर सकिँदा रोहितले ६० बलमा ३३ जोड्दा विनोदले खाता खोलेका छैनन् । नेपालले १०० रन पूरा गरेको छ ।

अमेरिका र ओमानसँगको त्रिदेशीय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपालले पिएनजीसँग तयारी स्वरुप दुई एकदिवसीय खेलेको हो ।

शृंखला १३ सेप्टेम्बरदेखि सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *