मुख्यमन्त्री शाक्यको प्रमुख सल्लाहकारमा माधव अर्याल नियुक्त – Nepal Press

मुख्यमन्त्री शाक्यको प्रमुख सल्लाहकारमा माधव अर्याल नियुक्त

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले रसुवाका अर्याललाई प्रदेश राज्यमन्त्री सरहको सुविधा पाउनेगरि नियुक्त गरेको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य रहेका अर्याल एमालेभित्रको अन्तरसंघर्षमा माधव नेपाल पक्षमा थिए । अष्टलक्ष्मी शाक्य एमालेमै रहने भएपछि उनी पनि नेकपा एस नरोजी एमालेमै बसेका हुन् ।

शाक्यले वागमती प्रदेशबाट माधव नेपाल पक्षमा मान्छे जान नदिन सो समूहका केहीलाई मन्त्री,योजना आयोगको सदस्य र सल्लाहकार लगायतका पदमा व्यवस्थापन गरिरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर